सुन्डी मा वि को विद्यालय व्यवस्थापन समिति निर्वाचन सम्पन्न, अरुण कुमार तिवारीको प्यानल विजयी

सुन्डी मा वि को विद्यालय व्यवस्थापन समिति निर्वाचन सम्पन्न, अरुण कुमार तिवारीको प्यानल विजयी

मर्चवार अनलाइन खबर / पत्रकार : अभिषक त्रिपाठी

रुपन्देही को मायादेवी गाउँपालिका वडा नं ४ बनकासिहा स्थित श्री सुन्डी मा वि को विद्यालय व्यवस्थापन समितिको निर्वाचन आईतबार सम्पन्न भएको छ। मायादेवी गाउँपालिका का शिक्षा शाखा प्रमुख नारायण प्रसाद लामिछाने को संयोजकत्व मा सञ्चालन सो निर्वाचन मा अरुण कुमार तिवारी, पोखराज चाई र ओम प्रकाश को नेतृत्व मा १२ जना ले उम्मेदवारी दिएका थिए जसमा अरुण कुमार तिवारी को प्यानल १७५ मत ल्याई विजयी भएको छ।

आईतबार बिहान १० बजे बाट सुरु भएको दिनको १ बजे सम्म चलेको मतदान मा कुल ३७३ अभिभावक मध्ये ३३८ जना अभिभावक ले मतदान गरेका थिए। मतदान स्थलमा अतिथि का रूपमा मायादेवी गाउँपालिका का प्रमुख ध्रुव नारायण चौधरी, सोही गाउँपालिका का प्रा सा मधुसुदन बेल्बासे, वडा नं ४ का वडाध्यक्ष धनपाल मल्लाह, अब्दुल हन्नान खा, राजेश कुमार मणि त्रिपाठी, प्रकाश प्रसाद शुक्ल लगायत को उपस्थिति रहेको थियो। विजयी प्यानल बाट अरुण कुमार तिवारी ले १७५, विजयी लोध ले १७१, मन्नि काेहर ले १७६ र दुर्गवति लोधिन् ले १६८ मत ल्याउन सफल भएका छन्। विद्यालय का प्र अ सतीश चन्द्र मणि त्रिपाठीले विजयी टीम लाई बधाई र शुभकामना व्यक्त गर्नु भएकाे छ।

Spread the love