नेपाल राष्ट्रिय मा. बिद्यालयमा प्राथमिक उपचार तालिम सम्पन्न

नेपाल राष्ट्रिय मा. बिद्यालयमा प्राथमिक उपचार तालिम सम्पन्न

कपिलबस्तु ,१४ फाल्गुन २०७७
कपिलबस्तु जिल्लाको यशोधरा गा.पा. वडाा न. १मा रहेको श्री नेपाल राष्ट्रिय मा. बिद्यालयमा प्राथमिक उपचार तालिम सम्पन्न भएको छ । यस तालिममा यशोधरा गा.पा. वडा न.१,२,३मा रहेको ९ वटा बिद्यालय तथा मर्दसाका फोकल शिक्षक तथा प्राथमिक कार्यदलका बिद्यार्थीहरु सहभागी भएका थिए ।

यशोधरा गा.पा. वडा न.१ का स्वास्थ्य चौकी इन्चार्ज गोपाल चौधरी सरको सहजीकरण तथा आयोजक सस्था दलित सामाजिक बिकास केन्द्रका फिल्ड सयोजक रमेश प्रसाद कुर्मिको संचालनमा तालिम भएको हो । दलित सामाजिक बिकास केन्द्र तथा यू.एम.एन.को सयूक्त साझेदारीमा तथा अष्ट्रेलिय एडको आर्थिक सहयोगमा संचालित जिविकोपार्जन तथा वातावरण सुधारद्धारा समुदायको उत्थानशीलता सवलीकरण परियोजनाद्धारा यो तालिम संचालन गरिएको हो ।

बिद्यालयहरुमा बिपद् जोखिम न्यूनिकरण योजना बनाउदा योजनामा प्राथमिक उपचार तालिमको आवश्यकता महसुस गरिएकोले यो तालिम संचालन गरिएको कुरा परियोजना अधिकृत सुमन न्यौपाने सरले बताउनु भयो । तालिममा ।श्री कृष्ण धार्मिक मा.बि. बशन्तपुर ,नेपाल राष्ट्रिय मा.बि. तिर्तिखा ,जनप्रिय प्र.बि.तिर्तिखी ,राघबेन्द्र आधारभूत बि. भडेहर ,किसान प्र.बि. लौहरौली , दारुल तालिम मर्दसा पकडी , दारुल उलुम मर्दसा बिचली भडेहर गरि ९ वटा बिद्यालयका सहभागीता रहेको थियो ।

सैद्धान्तिक र प्रयोगात्मक दुबै बिधिद्धारा तालिम सम्पन्न भएको हो । तालिममा समान्य रुपमा बिद्यालयमा हुने घटनालाई छलफल गरि उपचारगर्न तरिकाकोबारेमा जानकारी गराइएको थियो । उपचारको प्राथमिक उपचारको क्रममा अपनाउनु पर्ने सावधानी , उपचार गर्ने सीपको बारेमा प्रयोगात्मकरुपमा तालिम प्रदान गरिएको थियो ।

Spread the love