पुरुषत्व सम्बन्धि अवधारणा बारे सरोकारवाला संग अन्तरक्रिया कार्यक्रम सम्पन्न

पुरुषत्व सम्बन्धि अवधारणा बारे सरोकारवाला संग अन्तरक्रिया कार्यक्रम सम्पन्न
धन कुमारी चौधरी
२०७७ फाल्गुन ९
रुपन्देही, तिलोत्तमा नगरपालिका वडा नं. ३ योगीकुटीमा दलित सामाजिक बिकास केन्द्र कपिलवस्तु र केएर नेपालको संयुक्त साझेदारीमा संचालित टिपिङ पोइन्ट परियोजना अन्तर्गत किशोरी शसक्तिकरणका लागि स्थानीय निकायहरु सँग चौथो चौमासिक कार्यशाला गोष्ठी कार्यक्रम सम्पन्न भएको छ ।


यस कार्यक्रममा रुपन्देही जिल्लाको तिलोत्तमा, लुम्बिनी सांस्कृतिक र देवदह नगरपालिका तथा रोहिणी, मायादेवी, शुद्धोदन र सियारी गाउँपालिकाहरु बाट उपमेयर तथा उपाध्यक्ष ज्युहरु सामाजिक बिकास शाखा प्रमुख, शिक्षा इकाइ समिति संयोजक, स्वास्थ्य संयोजक, सम्बन्धित कार्यक्षेत्रका वडा अध्यक्ष, हेल्थपोष्ट इन्चार्ज र किशोरी समुहका किशोरीहरु गरेर जम्मा ४३ जनाको सक्रिय सहभागिता रहेको थियो । यस कार्यशाला गोष्ठि कार्यक्रमको सहजिकरण केएर नेपालका उपाशना शाक्य र शितेष तिवारी त्यसै गरी दलित सामाजिक बिकास केन्द्र कपिवस्तुका कर्मचारी रुपन्देहीमा संचालित परियोजनाका संयोजक निर्मला सिंह र अनुगमन तथा मुल्याकंन सुपरभाइजरले गर्नु भएको थियो । पुरुषत्व सम्बन्धि अवधारणाले निर्माण गरेको कुराहरु र पितृसत्ताले हाम्रो वरीपरिका ब्यक्तिहरुलाई कसरी असर गर्छ भन्ने कुरामा स्थानीय निकायका सरोकारवालाहरुले बिचार गर्ने मुख्य उद्देश्य रहेको थियो ।
शुद्धोधन गाउँपालिकाको एक जना किशोरीले आफ्नो गाउँमा केटाहरु छेडखानी गरेर ३ जनाकिशोरीको बिधालय जान बन्द गरिएको थियो । तर उनको समुहले बिभिन्न सचेतना मुलक कार्यक्रम गरेर उनीहरुलाई पुनः बिधालय जान थालेको कुरा जानकारी गराइन । भने उनको समुहले सर्भे पनि गरेको थियो । सर्भे गर्ने क्रममा अभिभावकले बिधालय पठाउन्छु त भन्नु भयो तर कति किशोरीहरु बिधालयमा परिक्षा दिन पाउन्छन त कति किशोरीले समयमा कापी कलम पाउन्छन त ? समुहका किशोरी शालिनीले भन्नु भयो । यहा सरोकारवालाहरुले सबिधानको कुरा गरीरहनु भएको छ भने संबिधान त बालबालिका किशोरीका अधिकार पनि त दिएको छ तर खोइत हामीले त्यो अधिकार पाएको त्यो पनि त हामीले ब्यवहारमा पाउनु प¥यो ? भन्दै अधिकारलाई जोड दिएर बिचार राख्नु भएको थियो । भने कति वटा गाउँपालिकामा किशोरीहरुको लागि बजेट छुट्याउनु भएको छ र म प्रश्न गर्न चाहन्छु । यस्तो कार्यक्रममा पालिका स्तरको सम्पुर्ण सरोकारवालाहरुलाई पनि समाबेश गर्न जरुरी छ र यसको दिगोपनाको लागि संस्थाले प्रस्तावना सहितको समन्वय बैठक गरी छलफल गर्न जरुरी देखिन्छ र कुनै सिमित एरीया नभएर सबै एरीयाहरु समेट्नु पर्छ भनि सुझाव समेत सियारी गाउँपालिकाको उपाध्यक्ष अमृता गुरुङ जीले आफनो कुरा राख्नु भयो र कार्यक्रम सम्पन्न गरियो ।

Spread the love