उद्यम विकास सहजकर्ताको लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न

उद्यम विकास सहजकर्ताको लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न

फल्गुण ६ / मुकेश कुमार चौधरी (मर्चवार)

मेडपा कार्यक्रम अन्तर्रत तहहरूमा कार्यरत उद्यम बिकास सहजकर्ताहरूलाई बुटवलको न्यु ईरा होटलमा मिति ०५ र ०६ फाल्गुन २०७७ दुई दिने तालिम सम्पन्न ।

गरिबी रेखामुनि रहेको परिवारहरूका लागि स्थानीय साधन परिचालन गरि स्थानीय स्तरमा नै उद्यमशीलता बिकास मार्फत रोजगारी श्रृजना गर्ने उद्देश्यले वि.स.२०५५ देखि २०७५ साल सम्म लद्यु उद्यम बिकास कार्यक्रम (मेडपा) सञ्चालनमा रहेको थियो । मेडपले गरिबीको रेखामुनि रहेका वर्गलाई लद्यु उद्यमी बनाई स्वरोजगार तथा रोजगारी श्रृजना गर्ने लद्यु उद्यम बिकास मोडेलको बिकास गर्यो ।लद्यु उद्यम बिकास मोडेलको प्रयोगबाट लक्षित बर्गलाई उद्यममा आबद्ध गराई उनीहरूको जीवनस्तार उकारन पुगेकाले यस मोडेललाई नेपाल सरकारले आफ्नो कार्यक्रमका रूपमा आन्तरिकीकरण गरि गरिबी निवारणका लागि लद्यु उद्यम बिकास कार्यक्रम (मेडपा) को रूपमा आ.व.२०६६-६७ देखि सञ्चालन गरिरहेकोमा आ.ब.२०७७-७८ देखि मेडपा कार्यक्रम नेपाल सरकार सशर्त अनुदानमा देशका ७५३ वटै स्थानीय तह मार्फत कार्यान्वयन हुने गरि सञ्चालनमा छ ।

सो तालिममा प्रशिक्षक प्रदेश लघु उधम विशेषज्ञ उतम श्रेष्ठ लघु उधम विकास अधिकृत दिपक सुवेदी र सुवास घिमिरे सरहरूको उपस्थितिमा तालिम सम्पन्न भएको हो ।

Spread the love