मर्चवार युवा जागरण मंचको क्षेत्रीय बैठक आज सम्पन्न
मर्चवार / मुकेश कुमार चौधरी
आज मिती २०७७/०७/२२ गतेका दिन
मर्चवार युवा जागरण मंचका उपाध्यक्ष बिनय यादव ज्यु सभापतित्वमा मर्चवार युवा जागरण मंचको क्षेत्रीय बैठक बसि महत्वपूर्ण निर्णय गरियो जसमा प्रमुख अतिथी बरिस्ठ पत्रकार रामेश्वर भट्ट , बिशिस्ठ अतिथिमा मोटिवेशन स्पिकर श्री आदर्श पान्डे तथा अतिथीमा मझगावा हेल्थ्पोस्टका जनस्वास्थ्य अधिकृत श्री रामनिवाश यादव ,मर्चवार अनलाइन खबरका सम्पादक श्री मुकेश चौधरी तथा समाजसेवी श्री अमरीश यादव ज्युको आथित्यतामा कार्यक्रम सम्पन्न गरियो ।

सो कार्यक्रममा यस मंचको बिधान बिमोचन को साथसाथै मर्चवारको चौतर्फी बिकासको लागि सबैको हातेमालो आवस्यक रहेको र मर्चवार युवा जागरण मंच भ्रष्टाचार विरुद्ध र मानव अधिकार र समग्र बिकासको क्षेत्रमा कृयाशिल सामाजिक संस्था हो भन्दै यसमा सबैलाई लाग्न आवश्यक रहेको भन्दै मंचका संचालक निशान्त पान्डे ज्युले आफ्नो मन्तब्य राख्नु भएको थियोे ।
सो कार्यक्रममा युवा शक्तिबारे प्रमुख अतिथी रामेश्वर भट्टले जानकारी दिदै सम्पुर्ण अतिथीज्युहरु ले आआफ्नो मन्तब्य राख्दै शिक्षा संयोजकको जिम्मेवारी मुनिब यादब र जगदीश्वर उपाध्याय हस्तान्तरण गर्दै सभापती बिनय यादब ले कार्यक्रम समापन गर्नु भएको थियो ।
साथै सो कार्यक्रममा स्वागत मन्तब्य प्रवक्ता ज्ञानेश्वर उपाध्यायले दिनु भएको थियो भने कार्यक्रमको संचालन जगदीश्वर उपाध्यायले गर्नु भएको थियो ।
Mukesh Tripathi says:
Very good job through marchawar jagran
And a graet motivational speech by our lovely sir mr. Adarsh pandey