मर्चवार लिफ्ट सिचाइ व्यवस्थापन समिति ब्लाकको निर्वाचन आज देखि सुरु

मर्चवार लिफ्ट सिचाइ व्यवस्थापन समिति ब्लाकको निर्वाचन आज देखि सुरु

मुकेश कुमार चौधरी / मर्चवार : कार्तिक १६


बिगत केही बर्ष देखि अन्योलमा रहेको मर्चवार लिफ्ट सिचाइ ब्यवस्थापन समिति ब्लाकको निर्वाचन आज शुरूवात भएको छ।
मर्चवार लिफ्ट सिचाइ ब्यवस्थापनको असोज २४ गते बैठकले कार्तिक १६ गते ब्लाकको निर्वाचन गर्ने निर्णय भएको थियोे ।सोही अनुसार आज ७ ब्लाकको निर्वाचन सम्पन्न भयो । सबै ब्लाकमा मोनित अनुसार ब्लाक अध्यक्ष छनोट भएका छन् ।

ब्लाक न १ मा कोटहीमाई गाउँपालिका-५ का सहिद मुसलमान ,ब्लाक न.२ मा सम्मरीमाई गाउँपालिका-७ का समसुद्दीन मुसलमान ,ब्लाक न. २बि मा सम्मरीमाई गाउँपालिका-७ का इस्लाम मुसलमान ,ब्लाक न. २४ए मा कोटहीमाई गाउँपालिका-५ का असगर अली मुसलमान , ब्लाक न.२४बि मा कोटहीमाई गाउँपालिका-५ का राजेन्द्र यादव,ब्लाक न.२५ मा कोटहीमाई गाउँपालिका-७ का श्यामशुन्दर यादव र ब्लाक न.२५ मा कोटहीमाई गाउँपालिका-७ का असिक अलि मुसलमानले मनोनीत बाट बिजयी भएको हुन ।

Spread the love