खेलमैदानमा कही बाढीको कहर, कही धानखेती त कतै भैसीचरन

मर्चवार÷प्रदेश ५ सार्बजनिक लेखा समितिको उपसमिति संयोजक मा.वसीउद्दीन खानले मर्चवारमा प्रदेशको बजेट दुरुपयोग भएको बताएका छन । रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारको तीनवटै गाउपालिकाले बनाएको गाउपालिकास्तरिय खेलमैदान र शीत भण्डारण गृह निर्माणमा बजेट दुरुपयोग भएको उनले बताएका छन ।

khel

प्रदेश ५ का एक सय ९ वटै स्थानीय तहमा खेलकुदको विकास र सार्वजनिक जग्गाको अतिक्रमण रोक्न ‘एक पालिका एक खेल मैदान’ कार्यक्रम अन्र्तगत सशर्त अनुदान गएको थियो। खेल प्रतियोगिता आयोजना, सार्वजनिक जग्गाको संरक्षण, स्थानीय प्रतिभाहरु प्रस्फुटन होस् भनेर प्रदेश ५ सरकारले २०७५/७६ मा प्रदेश सरकारले एक पालिका एक मैदान कार्यक्रम ल्याएको थियो।

गाउँपालिकामा ३६ लाख, नगरपालिकामा ७२ लाख रकम सशर्त अनुदानमा बजेट विनियोजन गरी पठाएपनि मर्चवारका स्थानीय तहहरुले रकममा थप गरेर स्तरीय मैदान बनाउनुको साटो अएको बजेट अनुसारको पनि काम गरेका छैनन्।

उपसमिति संयोजक मा.वसीउद्दीन खान, मा.तिलकराम शर्मा र मा.कल्पना पाण्डे सहितको अनुगमन टोलीले तीनवटै गाउपालिकाले बनाएको खेल मैदान र सम्मरीमाई गाउपालिकामा निर्माणाधीन शीत भण्डारण गृह समेतको अनुगमनका क्रममा आफूहरु संतुष्ट नरहेको बताए ।
तीनवटै गाउपालिकाले निर्माण गरेका कुनै पनि खेलमैदानको अवस्था ठीक नरहेको बताउदै संयोजक खानले माटो टालटुल गरि बनाईएका खेलमैदान कही भैसीचरन, कही धानखेत त कही शौचस्थल बनेकोमा दुख ब्यक्त गरे । सम्मरीमाईले वडा नं.५मा ३६ लाख खर्चेर बनाएको खेलमैदान त बाढीले बगाएको अर्का एक माननीयले बताए ।

Spread the love