वीरगन्जमा उपचार नपाएर ९ वर्षीय बालकको मृत्यु

वीरगन्ज — बाराको बारागढी गाउँपालिका–२ सुखीपत्रा निवासी ९ वर्षीय एक बालकको मंगलबार बिहान १० बजे वीरगन्जको नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा मृत्यु भएको छ ।

आइतबार बिहानै झमझम पानी परिरहेको थियो। पानी परिरहेका बेला गोंगबुको नवज्योति मार्गका स्थानीय सडकमा एउटा सुटकेश देखे। त्यसपछि उनीहरूले प्रहरीलाई खबर गरे- यहाँ एउटा सुटकेश छ, त्यसबाट रगत बगरिरहेको छ।

सुटकेशभित्र शव हुन सक्ने ठानेर प्रहरी टोली बिहान ७ बजेतिर घटनास्थलमा पुग्यो।  महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवाली र अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापा घटनास्थल गएका थिए।नवज्योतिमार्गमा कालो सुटकेश रातो प्लास्टिकले बेरिएको थियो। छेउमा बोराको नाम्लो राखिएको थियो।

सुटकेश खोलेर हेर्दाभित्र एक पुरूषको शव देखियो तर उनको टाउको र खुट्टा थिएन। वरपर खोजे तर शवको टाउको र खुट्टा भेटिएन।अनुसन्धानमा खटिएका अधिकृतहरू अलमलमा परे- टाउकोबिना शवको पहिचान कसरी गर्ने होला?

उनीहरूले डग स्कुलबाट कुकुर बोलायो। कुकुरको नाम थियो, जो-जो। जो-जोले केही मिटर पर टाउको फेला पार्‍यो।कुकुरको सहयोगबाट प्रहरीलाई अनुसन्धान गर्न सहज भएपछि अपरेशनको नाम नै ‘जोजो अपरेशन’ राखिएको एसएसपी ज्ञवालीले जानकारी दिए।

मृतक रोल्पा रून्टीगढी गाउँपालिका-७ घर भई गोंगबुस्थित एक होटलमा बस्दै आएका ४५ वर्षीय कृष्ण बहादुर बोहोरा थिए। त्यसपछि प्रहरीलाई उनको हत्या कसरी र कसले गरेको हो भन्ने थाहा पाउन धेरै समय लागेन।मामाबाटै प्रहरीले थाहा पाए उनी विगत ८ महिनादेखि  गोंगबुको एक होटलमा बस्दै आएका थिए भने नयाँबजारस्थित एक गार्मेन्ट उद्योगमा काम गर्थे।

‘सनाखत भएपछि हामीले होटलमा बस्ने मानिसहरूसँग सोधपुछ गर्‍यौं,’ एसपी ईश्वर कार्कीले भने,’उसका साथीभाइहरू पत्ता लगाएर मृतक कहाँकहाँ जान्छन् त भनेर हेरेपछि घटनास्थलसम्म पुग्यौं।’

त्यसपछि प्रहरी नवज्योतिमार्गस्थित ३७ वर्षीया कल्पना मुडभरी पौडेलको फ्ल्याटमा पुग्यो। त्यहाँ पुग्दा उनको कोठामा ताला लगाइएको थियो। कल्पना भने थिइनन्।  प्रहरीले उनको फ्ल्याटमा खोजतलासी गर्दा प्रहरीले खुकुरी, ह्याम्मर, रगतका दाग देखेको एसपी कार्कीले बताए।

‘चाहिने सबुतहरू सबै फेला परेपछि घटना यतै भएको हो भन्ने थाहा पायौं। अनि कल्पनाको खोजी गर्‍यौं,’ एसपी कार्कीले भने, ‘उनी चितवनको माइतीमा भएको पत्ता लागेपछि सोमबार नै पक्राउ गर्‍यौं।’

उनलाई प्रहरीले चितवन कालिका नगरपालिका-७ बाट पक्राउ गरी सोमबार राति नै काठमाडौं ल्याइएको थियो।कृष्णबहादुर र कल्पना बीच ३-४ वर्षअघि फेसबुकबाट चिनाजान भएको थियो। प्रहरीकाअनुसार कृष्णबहादुर कल्पनाको कोठामा बेलाबेलामा जाने गर्थे।

कल्पनासँगै दुई छोरीछोरा बस्थे। उनका श्रीमान् भने विदेशमा छन्।   केही समयअघि कृष्णले कल्पनाको नामबाट नक्कली फेसबुक आइडी बनाएर उनका नग्न तस्बिर राखेपछि आफूले उनको हत्या गरेको  बयान उनले प्रहरीलाई दिएकी छन्।

हत्याका पछाडि आर्थिक लेनदेनको कुरासमेत हुन सक्ने एसएसपी श्याम ज्ञवालीको आशंका छ।’यसमा आर्थिक लेनदेनको कुरा पनि हुन सक्छ तर अहिले बदलाको भावमा हत्या गरेको खुलेको छ,’ उनले भने।

Spread the love